सगरमाथा हेर्ने धोको पूरा गरे इटलीका ७८ बर्षीय लोरेन्जोले

नाम्चे (सोलुखुम्बु) । इटालीका ७८ वर्षिय एडलब्रेटो दि लोरेन्जोले विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्ने आफ्नो धोको पूरा गरेका छन् । उमेर ढल्किए पनि सगरमाथा हेर्न आँटका साथ सगरमाथा आधार शिविर (५३६४ मिटर) पुगेर फर्किएका उनीसँग कर्पोरेट नेपालकर्मीको गत हप्ता नाम्चेमा भेट हुन पुग्यो । 

लोरेन्जोले भने, ‘एक पटक सगरमाथा प्रत्यक्षरुपमा हेर्ने इच्छा थियो । त्यो इच्छा पूरा गरेर फर्किंदै छु ।’ संभवतः उनी अहिले स्वदेश फर्किसकेको हुनसक्छ । आधार शिविर पुगेर सगरमाथालाई नियाल्दै तस्वीरहरु खिचेर फर्किएका लोरेन्जोले आफ्नो अदम्य साहस पूरा गर्न कोभिड महामारीले ढिलो गरिदिएको सुनाए । 

Advertisement

पहिलो पटक नेपाल आएको लोरेन्जोले भने, ‘केही वर्षदेखि कम्तिमा माउन्ट एभरेष्ट बेसक्याम्प पुग्ने र आफ्नै आँखाले सगरमाथा हेर्ने चाहना थियो । त्यो चाहना पूरा गरेर फर्किंदै छु । मेरो सपना पूरा भएको छ । मैले सगरमाथासम्म पायला टेक्न सकें ।’

बाह्र दिनको पत्रयात्राका लागि नेपाल आएका उनले १० दिनमा आफ्नो लक्ष्य पूरा गर्न सफल भए । लोरेन्जोले सामाजिक सञ्जालमा नेपालको बारेमा र सगरमाथाको बारेमा आएका कुराहरु देख्दा र पढ्दा विश्वको सर्वोच्च शिखर कस्तो होला ? भन्ने जिज्ञासा लाग्ने गरेको सुनाउँदै सगरमाथा चुचुरोसम्म पुग्न नसके पनि आधार शिविरसम्म टेक्न सक्नु आफ्नो लागि ठूलो उपलब्ध भएको सुनाए । 

Advertisement

लोरेन्जोका गाइड तथा हिमालय स्काई ट्राभल एण्ड एडभेन्चर कम्पनीका सञ्चालन कबिन कुइँकेल ७८ बर्ष भइसके पनि लोरेन्जोले फूर्तीका साथ १० दिनमै पदयात्रा गरेर आधार शिविरसम्म पुगेर फर्किन सफल भएको बताए । उनले भने, ‘यति छिटो उनी ट्रेक सकेर उनी फर्किनसक्ला भन्ने सोचेकै थिइन् ।’ 

हिमाली क्षेत्रको पदयामा आउनेहरुले आधार शिविरसम्म पुगेर फर्किन लोरेन्जोले सुझाव दिने गरेको पनि कुइँकेलले बताए । उनले भने, ‘हामी बेस क्याम्पबाट फकिँर्दै गर्दा हामीसँग हिडेका मान्छेहरु बेस क्याम्प बल्ल जाँदैथियो । त्यो देखेर पनि बेस क्याम्प जान गाह्रो मानिरहेका थिए । लारेन्जोलाई देखेर प्ररित हुँदैथिए ।’ 

बेस क्याम्प पुगेपछिको लोरेन्जोको अनुभव 
लोरेन्जोका गाइड कुइँकेलले आधार शिविर पुगेपछि बधाई दिँदा उनले आँशु झारेको बताए । उनले भने, ‘आफ्नो एउटा सपना पूरा भयो भन्ने खुःसीले होला, उहाँले आँसु झार्नुभयो । हामी त्यहाँ करिब ४५ मिनेट बस्यौं । त्यति उचाईमा मानिसालाई धेरै समय बिताउन गाह्रो हुन्छ । त्यसमाथि उहाँ बुढो मान्छे । तर पनि लोरेन्जो निकै खुशी देखिनुहुन्थ्यो ।’ 

गाइडदेखि सबै नेपालीहरुले आफूलाई राम्रो सहयोग गरेको र सुरक्षितरुपमा आधार शिविरसम्म पुगेर फर्किन सकेकोमा लोरेन्जोले खुशी मानेको सुनाउँदै कुइँकेलले उनलाई उनलाई राम्रो सुविधासहित पदयात्रा गराएको, बसन होटलहरु पनि राम्रो पाएको बताए । 

उनले थपे, हामीले अरु क्लाइन्टहरुलाई गाइड गर्दा थाकियो । कोही ‘अब सक्दैन्’ भन्दैथिए । कोही स्याँस्याँ गर्दै थिए । हामीले बेसक्याम्प त्यहीं हो, आउन लाग्यो भन्दै फकाउँदै र मोटिभेट गर्दै लैजानु पर्यो । तर ७८ बर्षको लोरेन्जो एकदम उर्जाका साथ हिंडेको देख्दा हामीलाई नै अच्चम लाग्यो ।

Advertisement