बैदेशिक रेमिट्यान्स बैंकिङ च्यानलबाट भुक्तानी गर्न नेपाल रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल र राष्ट्रिय वाणिज्य बैँकबीच शुक्रबार बैदेशिक रेमिटान्स बैँकिङ च्यानल मार्फत भुक्तानी गर्ने सम्वन्धि सम्झौता भएको छ । 

सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैँकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

Advertisement

विगत १७ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट तथा देशभरी २६५ वटा शाखा कार्यलय र ४६ वटा एक्सटेन्सन काउन्टर रहेको बैंकबीचको सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका बिभिन्न स्थानहरुबाट बैँकिङ च्यानल मार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैँकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछन् । 

यसका साथै बैंकसँगको सम्झौता सँगै नेपाल रेमिटले अब देशभर १२००० भन्दा बाढि स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ ।

Advertisement

विदेशबाट पठाएको रकम बैँकिङ च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने साथै यसले नेपालमा रेमिटान्स भित्राउन समेत टेवा पुर्याउने नेपाल रेमिटका नायव महाप्रबन्धक देव वहादुर थापाले बताए । 


 

Advertisement