माधव नेपालको सुझाव– प्रधानमन्त्री दाहाललाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छ

Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विषयमा पार्टीहरुका बिचमा सहमति भइसकेको दावी गरेका छन् । 

आईतवार प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा उनले सो विधेयकको सम्बन्धमा विभिन्न पार्टीहरुका बीचमा सहमति भइसकेको दावी गरेका हुन् । सत्तारुढ दलहरुका बीचमा यस विधेयकको सम्बन्धमा सहमती भइसकेको माधव नेपालले बताए । 

Advertisement

उनले प्रतिपक्ष दलहरुको पनि विधेयकको सम्बन्धमा विमति नरहेको बताउँदै भने, ‘त्यस्तो मलाई लाग्दैन् असन्तुष्टि होला भनेर । किनभने सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकको बारेमा धेरै लामो समयदेखि चर्चा चल्दै आएको छ । विभिन्न पार्टीहरुको बीचमा सहमति पनि भइसकेको छ । अहिले सत्ताधारी पार्टी जो हुनुहुन्छ, उहाँहरुको पनि । मलाई लाग्छ, प्रतिपक्षी पार्टीहरुको पनि त्यसमा विमति रहेको अवस्था छैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न पनि मिल्ने भन्दै माधव नेपालले सबैले विश्वासको मत दिँदा राम्रो हुने बताए । 

Advertisement

Advertisement