पाँच वटा हिमाल आरोहणका लागि ५० जनाले  लिए अनुमति

Advertisement

काठमाडौं । पर्यटन विभागले वसन्त ऋतु सुरुसँगै हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको छ । हालसम्म ५० जना आरोहीले पाँच वटा हिमाल आरोहणको लागि अनुमति लिएका छन् । 

विभागका अनुसार आरोहीहरुले सुर्मा सरोवर (६,५२३ मिटर), अन्नपूर्ण (८,०९१ मिटर), पाङग्री गोलदुम्बा (६,६२० मिटर), मनास्लु (८,१६३ मिटर), थोराङ पिक (६,१४४ मिटर) हिमाल आरोहण अनुमति लिएका छन् । 

Advertisement

अनुमति लिनेमध्ये ३३ जना पुरुष र १७ जना महिलाले हुन् । उनीहरुबाट एक करोड २८ लाख ९८ हजार ९५० रुपियाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ ।  

Advertisement

Advertisement