सुपरमाई र माया खोला हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?

Advertisement

काठमाडौं । दुई हाइड्रो पावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । 

सुपरमाई हाइड्रो पावर लिमिटेड र माया खोला हाइड्रो पावर कम्पनीको आईपीओ आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

यसैक्रममा सुपरमाई हाइड्रोको ५० लाख कित्ता आईपीओ सूचीकृत भएको हो । आयोजना प्रभावितहरुलाई बिक्री गरिएको ५ लाख कित्ता, वैदेशिक रोजगारीमा रहेका, सामुहिक लगानी कोष र कर्मचारीसमेत सर्वसाधारणहरुका लागि बिक्री गरिएको ५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ४० लाख कित्ता आईपीओ सूचीकृत भएको हो । 

आईपीओ सूचीकृत भएसँगै बुधबारबाट उक्त कम्पनीको शेयर कारोबार शुरु हुनेछ । रु. १३०.७६ देखि ३९२.२८ ओपन रेञ्ज दिइएको नेप्सेले जनाएको छ । 

त्यसैगरी माया खोला हाइड्रोको चुक्ता मूल्य रु. १०० भएको १ करोड कित्ता आईपीओ सूचीकरण भएको छ । 

आयोजन प्रभावितहरुका लागि बिक्री गरिएको १० लाख कित्ता, वैदेशिक रोजगारीमा रहेका, सामुहिक लगानी कोष र कर्मचारीहरुसमेत सर्वधारणका लागि बिक्री गरिएको २४ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ६६ लाख कित्ता आईपीओ आज नेप्सेमा सूचीकृत भएको हो । 

नेप्सेमा सूचीकृत भएसँग उक्त कम्पनीको बुधबारदेखि शेयर कारोबार हुनेछ । रु. ८८.५३ देखि रु. २६५.५९ सम्म ओपन रेञ्ज दिइएको नेप्सेले जनाएको छ ।  

Advertisement