शेयर बजारमा दोहोरो अंकको सुधारः सवा अर्ब बढीको कारोबार, आइएमई जनरलको सबैभन्दा बढी

Advertisement

काठमाडौं । शेयर बजारमा सुधार देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.६५ अंकले बढेको हो । १.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९४९.०६ अंकमा उक्लिएको छ । 

Advertisement

आज २५८ कम्पनीका ५२ लाख ५५ हजार ८६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९ सय ८८.२९ रुपियाँ बराबरको कारोबार भएको हो । 

आज यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने सपोर्ट माइक्रोफाइनान्स  वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ५.३६ प्रतिशतले घाटा व्यहोरेका छन् ।

नेप्सेका अनुसार आज आइएमई जनरल इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ६३ लाख ९२ हजार ४ सय ४२.९० रुपियाँ बराबरको शेयर किनबेच भएको हो । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रमा हिजोमात्रै हस्ताक्षर भएको थियो । 

साताको पहिलो दिन हिजो आइतबार बजार ६.९० अंकले घट्दा १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८ सय २५.१३ रुपियाँ बराबरको कारोबार भएको थियो । भोलि मंगलबार घोडेजात्रामा उपत्यका बिदाका कारण शेयर बजार बन्द रहने छ ।   
 

Advertisement

Advertisement