साठ्ठी लाख १४ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कुन विकास बैंकको कति ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६० लाख १४ हजार २९.७४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

दुई विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

यसैक्रममा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १३.३० बोनस बापतको ५० लाख २८ हजार ७ सय ४१.९९ कित्ता शेयर सूचीकृत भएको हो । 

त्यसैगरी लुम्बिनी विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ३ प्रतिशत बोनस बापतको ९ लाख ८५ हजार २ सय ८७.७५ कित्ता शेयर आजै सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement