दाहालले दोस्रो पटक पाए विश्वासको मत, कांग्रेसलगायत दललाई सरकारमा जाने बाटो खुल्यो

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । उनले संसदमा कायम १६२ मतमध्ये १७२ मत पाएका हुन् । उनको विपक्षमा ८९ मत खसेको छ भने एक मत तटस्थ रहेको छ । 

दाहालले दुई महिनामा दोस्रो पटक विश्वासको मत लिएका हुन् । यसअघि नेकपा एमालेसहितका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका उनले अहिले भने नेपाली कांग्रेसलगायतका दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । 

Advertisement

प्रधानमन्त्री दाहाललाई नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलहरुले मत दिए । एमाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षमा मत हाल्यो भने नेपाल मजदुर किसान पार्टी तटस्थ बस्यो । 

यसअघि विश्वासको मत लिँदा ९९.२५ प्रतिशत साँसदको मत पाए पनि यस पटक भने उनले त्यसरी मत पाउन सकेनन् । यससँगै सरकारमा कांग्रेसलगायतका दल सहभागी हुने बाटो खुलेको छ । 

विश्वासको मत पाएपछि दाहालले अब सरकार आरामले चल्ने बताउँदै चार दिनभित्र मन्त्रिपरिषद विस्तार हुने बताए । 

Advertisement

Advertisement