सिटी होटलले पौने १७ करोड रुपियाँको आईपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

Advertisement

काठमाडौं । सिटी होटल लिमिटडेले १६ करोड ७४ लाख रुपियाँ बराबरको आईपीओ निष्काशनको अनुमति पाएको छ । 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत ५ गते आईपीओ निष्काशनको अनुमति दिएको हो । 

Advertisement

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १६ लाख ७४ हजार कित्ता आइपीओ जारी गर्ने भएको हो । 

आईपीओ निष्काशनका लागि यसअघि नै बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरिसकेको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement