टानबाट दुई महिनामा ८६७ टिम्स कार्ड जारी

Advertisement

काठमाडौं । पदयात्राका लागि विभिन्न देशका पर्यटकहरुले ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)बाट मात्रै दुई महिनामा ८६७ वटा टिम्स (पदयात्री सूचना व्यवस्थापन प्रणाली) कार्ड लिएका छन् । 

टिम्सको प्रावधान सन् २००८ जनवरी १ देखि लागू भएको थियो । त्यसबेलादेखि टान र नेपाल पर्यटन बोर्डले यस्तो कार्ड विवरण गर्दै आएका छन् । 

Advertisement

टानका वरिष्ठ उपाध्यक्ष कृष्ण दाहालले गएको जनवरी महिनामा ३०७ र फेब्रुअरी महिनामा ५६० जनाले टिम्स कार्ड लगेको बताए । पर्यटकीय मौसम सुरु भएसँगै नेपालमा पर्यटक आगमन बढेको छ भने पदयात्रा र हिमाल आरोहणमा जाने पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको पर्यटन व्यवसायी बताउँछन् । 

दाहालले थप पर्यटक भित्रिने क्रम जारी रहेको बताए । पर्यटन बोर्डले फागुन १८ गते ‘फ्रि इन्डिभिज्यिुअल ट्रेकर्स' आउने अप्रिल १ देखि बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार पदयात्रामा जाने पर्यटकहरुले दर्ता भएको कम्पनीबाट मात्र पदयात्रा गर्नुपर्ने, त्यो दर्ता भएको कम्पनीबाट जाँदा एक जना गाइड अथवा एक जना पोर्टर अनिवार्य रुपमा लैजानुपर्ने हुन्छ । एक्लै पदयात्रामा जाँदा पर्यटकहरु हराउने क्रम बढेपछि यस्तो व्यवस्था गरिएको हो । 

Advertisement

Advertisement