कक्पिटको झ्याल रातभर खुल्लै छोड्ने नेपाल एयरलाइन्सका दुई प्राविधिक कर्मचारी निलम्बित

Advertisement

काठमाडौं ।​​ नेपाल वायुसेवा निगम (नेपाल एयरलायन्स)का दुई जना प्राविधिकलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरोलाका अनुसार कक्पिटको झ्याल रातभर खुल्ला छोड्ने निगमका दुई जना प्राविधिकलाई निलम्बल गरेको बताए । दिल्लीबाट शनिबार आएको जहाजको कक्पिटको झ्याल उनीहरुले बन्द नगरी रातभर खुल्ला छोडेको उनको भनाई छ ।  

Advertisement

एयरबस ए३३० विमानको दायाँतर्फ कक्पिटको झ्याल रातभर खुल्लै छोडिएको थियो । उनीहरुलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिउको जनाइएको छ । 

Advertisement

Advertisement