एशियन हाइड्रो र कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ सूचीकृत, ओपन रेञ्ज कति ?

Advertisement

काठमाडौं । नेप्सेमा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । 

एशियन हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

यसैक्रममा चुक्ता मूल्य रु. १०० कायम भएको एशियन हाइड्रोको ३४ लाख कित्ता आईपीओ सूचीकृत भएको छ । 

आयोजना प्रभावितहरुका लागि बिक्री गरिएको ३ लाख ४० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुसहित सर्वसाधारणका लागि ८ लाख ४० हजार कित्ता र संस्थापकहरुको २२ लाख २० हजार कित्ता आईपीओ सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै भोलिबाट उक्त कम्पनीको शेयर कारोबार शुरु हुनेछ । रु. ९९.६० देखि रु. २९८.८० ओपन रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ । 

त्यसैगरी कालिञ्चोक दर्शन लिमिटेडको चुक्ता मूल्य रु. १०० कायम भएको ६० लाख कित्ता आईपीओ आजै सूचीकृत भएको छ । 

आयोजना प्रभावितहरुलाई बिक्री गरिएको १ लाख २० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुसमेत सर्वसाधारणका लागि बिक्री गरिएको १० लाख ८० हजार कित्ता र संस्थापकहरुको ४८ लाख कित्ता आईपीओ सूचीकृत भएको हो । 

आईपीओ सूचीकृत भएपछि उक्त कम्पनीको शेयर कारोबार भोलिबाट शुरु हुनेछ । रु. ७८.१५ देखि रु. २३४.४५ ओपन रेञ्ज दिइएको नेप्सेले जनाएको छ ।   
 

Advertisement

Advertisement