घुस लिँदादिँदै वडाध्यक्ष र वडा सचिव पक्राउ

Advertisement

काठमाडौं । केही समय अगाडि जनकपुर उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष र सचिव घुस रकमसहित एक होटलबाट पक्राउ परेका छन् । 

जनकपुरको विवाह मण्डप पछाडि रहेको रोहन होटलबाट उक्त वडाका वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुससहित पक्राउ परेका हुन् । 

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डिएसपी सुवाश राय नेतृत्वको टोलीले उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

Advertisement

Advertisement