पर्यटन विभागले पूरानो झन्झटिलो सफ्टवेयर प्रतिस्थापन गर्यो, चाँडै अनलाइन सेवा सुरु हुने

Advertisement

काठमाडौं । पर्यटन विभागले पर्वतारोहण सम्बन्धी पूरानो सफ्टवेयर प्रतिस्थापन गर्दै नयाँ सफ्टवेयरबाट सात वटा आरोहण अनुमति दिएको छ । विभागका शाखा अधिकृत दिपेन्द्र रेग्मीका अनुसार विभागले नयाँ सफ्टवेयरबाट सात वटा आरोहण अनुमति दिएको छ । 

पहिलाको रिपोटिङ स्टिममा केही समस्या रहेको बताउँदै उनले भने, ‘रिपोर्टिङ गर्न नसकिने अवस्था थियो । अहिले रिपोर्टिङ गर्न सकिने गरी नयाँ विशेषतासहितको सफ्टवेयर आएको हो । पहिला भएको सफ्टवेयरमा रिपोटिङको अभाव थियो । डाटाहरु एक्सलमा गर्नुपर्ने थियो । अहिले ।सफ्टवेयरबाटै हामीले डाटा निकाल्न सक्छौं ।’

Advertisement

आउँदो वसन्त सिजनबाट पूर्ण सञ्चालन हुने यो सफ्टवेयरबाट सात वटा आरोहण अनुमति नयाँ सफ्टवेयरबाट जारी गरिसकेको रेग्मीले बताए । यसबाट अभिलेख राम्रो हुनुका साथै पर्यटकहरुलाई आरोहण अनुमति लिन सहज हुने उनले बताए । पहिलाको सफ्टवेयरमा युजर नेम (प्रयोगकर्ताको नाम) लिए पनि भेरिफाई गर्न प्रदेश पर्यटन कार्यालय जार्नेपर्ने बाध्यता हुन्थ्यो । अहिले चाहिं युजर नेम, पासवर्ड आफैले नै सिर्जना गर्न सक्ने रेग्मीले भने । 

उनले भने, ‘पर्यटकहरुले आरोहण अनुमतिलगायत पर्वतारोहणसँग सम्बन्धित कामहरुको लागि पर्यटन विभाग नै आउनुपर्छ भन्ने छैन् । आफैले सिर्जना गरेर पासवर्ड नयाँ राख्न सक्न सकिन्छ । पासवर्ड बिर्सियो भने पनि इमेलमार्फत रिकभरी गर्न सकिन्छ ।

यद्यपि पूर्णअनलाइन सेवा भने अझै सुरु भइनसकेको रेग्मीले बताए । उनले केही वर्षपछि पूर्णरुपमा अनलाइन बेसमा आधारित सेवा प्रवाह गर्ने योजना रहेको बताए । अनलाइनबाट काम हुन थालेपछि अझ छिटो हुने, फाइल लिएर एक शाखाबाट अर्को शाखा जानुपर्ने बाध्यता नहुने रेग्मीले बताए । 

त्यस्तै, पर्यटन विभागबाट वसन्त ऋतुका लागि हिमाल आरोहणका लागि हालसम्म ५० जना आरोहीले पाँच वटा हिमाल आरोहणको लागि अनुमति लिएका छन् । आरोहीहरुले सुर्मा सरोवर (६,५२३ मिटर), अन्नपूर्ण (८,०९१ मिटर), पाङग्री गोलदुम्बा (६,६२० मिटर), मनास्लु (८,१६३ मिटर), थोराङ पिक (६,१४४ मिटर) हिमाल आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमध्ये ३३ जना पुरुष र १७ जना महिलाले हुन् । उनीहरुबाट एक करोड २८ लाख ९८ हजार ९५० रुपियाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ ।  

Advertisement

Advertisement