दुई करोड लगानीमा सञ्चालनमा आयो ‘एट-के बार एण्ड किचेन’

Advertisement

काठमाडौं । तीन जना शेर्पाहरुको साझेदारीमा  ‘एट–के’ बार एण्ड किचेन सञ्चालनमा आएको छ ।

 ‘एट–के’ एक्सपिडिसनबाट सुरु भएको कम्पनीले अहिले सोही ब्राण्डमा ‘एट–के’ ट्राभल पनि सञ्चालन गरिरहेको छ । उक्त तीन कम्पनी पेम्बा शेर्पा, लाक्पा थेण्डु शेर्पा र लाक्पा शेर्पाले मिलेर सुरु गरेका हुन् । 

Advertisement

पेम्बा शेर्पाका बालुवाटार, विशाल नगर चोक, फिनल्याण्ड दूतावास नजिकै एट–के बार एण्ड किचेन एक हप्ता अघिबाट सञ्चालनमा ल्याइएको हो । करिब दुई करोड लगानीमा नयाँ व्यवसाय शुरु गरेको उनले बताए ।  

उनले भने, ‘हामीसगँ अहिले १८ जना स्टाफहरु छन् । एट–के बार एण्ड किचेनमा इटालियन कन्टिनेन्टल मल्टि क्विजिन, थकाली सेट, बिहानको खाजा, दिउसोको खाना र रातिको खाना गरी तीन थरीको खाना लगायतको खानाहरु उपलब्ध छ । हस्पिटालिटी क्षेत्रमा धेरै वर्षको अनुभव भएको कुकको टिम छ । स्वस्थ र स्वादिष्ट खानासँगै एट–के बार एण्ड किचेनमा शान्त वातावरण छ । ग्राहकहरुले हाम्रो सेवा निकै मन पराएका छन् ।’  

साथै जन्मदिन, सेमिनार लगायत विभिन्न कार्यहरु गर्न मिल्ने वातावरण र ठाउँ रहेको उनले जानकारी दिए । ७० जना अटाउने क्षमता रहेको र पार्किङको पनि राम्रो व्यवसाथ छ । 

तीन वटै व्यवसाय तीन जना शेर्पाहरुले मिलेर ल्याएको अवधारणा हो । यो एट–के बार एण्ड किचेन उनीहरुको पहिलो आउटलेट हो । आगामी दिनहरुमा अर्को आउटलेटहरु खोल्ने योजना रहेको पेम्बा शेर्पाले बताए । 


 

Advertisement

Advertisement