निरन्तर ओरालो झर्दै शेयर बजारः डेढ अर्ब पनि पुगेन कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १८.१५ अंकले घटेको हो । ०.९४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९१५.१४ अंकमा झरेको छ । 

Advertisement

आज २५९ कम्पनीका ४३ लाख ४० हजार २ सय ७० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८ सय २.५० रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार घटे पनि तीन कम्पनीका लगानीकर्ता भने मालामाल भएका छन् । आज मायाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर र सिद्धार्थ बैंकका लगानीकर्ताहरुले क्रमशः १०, ९.९७ र ८.३४ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ७.४६ प्रतिशतले घाटा व्यहोरेका छन् । 

एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको २१ करोड ७४ लाख ६४ हजार ८ सय ६८.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार बजार ६.९० अंकले घट्दा १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८ सय २५.१३ रुपियाँ, सोमबार २२.६५ अंकले बजार बढ्दा  १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९ सय ८८.२९ रुपियाँ र हिजो बुधबार १५.७६ अंकले बजार घट्दा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९ सय २९.६७ रुपियाँ  बराबरको कारोबार भएको थियो । गत मंगलबार घोडेजात्रामा उपत्यका बिदाका कारण शेयर बजार बन्द रहेको थियो । 
 

Advertisement

Advertisement