झण्डै रु. एक अर्ब लगानीमा लाकुँरी भञ्ज्याङमा रिसोर्ट, मनमोहक दृश्यावलोकन गर्न सकिने

Advertisement

काठमाडौं । शेर्पाहरुको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नि समूहले राजधानी नजिकै लाकुँरी भञ्ज्याङमा ‘दि टेरेस रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा ल्याएका छन् ।

डेढ बर्षअघि सञ्चालनमा आएको यो रिसोर्ट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको रिसोर्टका सञ्चालक आङछिरिङ शेर्पाले बताए । सगरमाथासहित थुप्रै हिमालहरुको मनमोहक दृश्य देख्न सकिने दि टेरेस रहेको जंगलको सिरानमा निजी हेलिप्याड पनि बनाइएको छ । 

Advertisement

रिसोर्टमा आएका पर्यटकहरुले चाहे अनुसारको नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुमा हेली टुरको सुविधा पनि रहेको शेर्पाले बताए । उनले भने, ‘हिमाल आरोहण गर्न विभिन्न देशबाट पर्यटक आउँछन् । खुम्बु तिर जान चाहाने तर छोटो समयका लागि नेपाल आएका पर्यटकहरु जान भ्याउँदैन् । नेपाल आइसकेपछि हिमाल हेरेर आउँछु भन्दा विभिन्न गन्तव्यहरुमा रिसोर्टबाट सिधै हेलिकप्टरमार्फत टु्र गराए फेरि रिसोर्टमा ल्याउने सुविधा दिन्छौं । 

नेपालभरि धान खेती ‘टेरेस स्टाइल’मा गरिन्छ भन्दै शेर्पाले रिसोर्टका कोठाहरु पनि त्यही ‘टेरेस’ अर्थात ‘बालकोनी’ शैलीमा रहेको बताए । फरक र शान्त वातावरणको रिसोर्ट भएकाले सोही अनुसार नाम राखिएको उनको तर्क छ । 

बाबुको भिजनअनुसार तीन भाई छोरा मिलेर रिसोर्ट निर्माण गरेको टेरेस रिसोर्टका प्रबन्ध निर्देशक तेन्जिङ डेभिड शेर्पाले बताए । उनले रिसोर्टमा हालसम्म करिब एक अर्ब रुपियाँ लगानी भइसकेको बताए । सन् २०१४ बाट रिसोर्ट निर्माण सुरु भए पनि भूकम्प, नाकाबन्दी, कोरोना महामारीको कारण सात वर्ष निर्माण कार्यमा लागेको शेर्पाले बताए । 

दुई हजार मिटर उचाइईमा रहेको टेरेस रिसोर्टमा एक रात बसेर यहाँबाट हेलिकप्टरमार्फत लुक्लालगायतका विभिन्न ठाउँमा उडानमा गयो भने हाइ पचने भएकोले हेलिप्याडलाई प्राथमिकतामा राखेको तेन्जिङ डेबिट शेर्पाले बताए । रिसोर्टबाट अल्ली थोरै दुरीमा रहेको हेलिप्याडबाट सूर्यास्त राम्रो देखिने उनले बताए । शेर्पाले आफ्ना पर्यटकहरुलाई हरेक दिन साँझमा हेलिप्याडमा लगेर सूर्यास्तको मञ्च दिलाउनुका साथै उनीहरुलाई हेलिप्याडमै चिया, कफि, खाजा र सानो बारको पनि व्यवस्था रहेको बताए । 

टेरेस रिसोर्टलाई लक्जरी होटलस्तरको मान्यता दिलाउन होटल संघ नेपालसँग कुरा भइरहेको तेन्जिङ डेविट शेर्पाले बताए । उनले भने, ‘हाम्रो रिसोर्टमा नेपाली तथा विदेशी पर्यटक दुवै आउने गर्नुभएको छ । रिसोर्टबाट राति काठमाडौं उपत्यकाको दृश्य अझ मनमोहक देखिन्छ । चालिस रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्टमा दुई सुइट रुम, १६ वटा डिलक्स रुम, २८ वटा स्टयान्डर्ड रुम, बाल्कोनी, ज्याकुजीसहितका कोठाहरु छन् । लक्जरी चाहाने पर्यटकहरुका लागि यो रिसोर्ट निकै उपयुक्त छ ।’

जंगलमा रुख बिरुवालाई असर नपर्ने गरी तरकारी र जडिबुटी खेती गर्ने योजना रिसोर्ट व्यवस्थापनले बनाएको छ । रिसोर्टमा खुल्ला स्विमिङ पुल पनि छ । योगा, स्पा र जिमका लागि अलगअलग कक्षहरु छन् । हाइकिङको लागि पनि ठाउँ छ । पर्यटकहरुलाई जैविक खानेकुरा खुवाउने गरिएको प्रबन्ध निर्देशक शेर्पाले बताए । उनले बालबालिकाको लागि खेल रुम रहेको बताए । नेपाली, भारतीय, कन्टिनेन्टल र भूमध्यसागरीय क्षेत्रका परिकारहरु पनि रिसोर्टमा राखिएको शेर्पाले बताए । 

सभा, सम्मेलन र सेमिनारसहित विभिन्न पार्टी गर्ने सुविधा समेत रहेको यस रिसोर्टमा दुई सय जना सहभागी हुनसक्ने सम्मेलन हल सुविधासम्पन्न रहेको शेर्पाको भनाई छ । 

Advertisement

Advertisement