छैसठ्ठी लाख ३६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा ६६ लाख ३६ हजार ४ सय १५.९३३८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

एक वाणिज्य बैंक र एक इन्स्योरेन्स कम्पनीको बोनस शेयर आज सूचीकृत भएको हो । 

Advertisement

यसैक्रममा नेपाल एसबीआई बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ३ प्रतिशत बोनस बापतको २९ लाख ४७ हजार ७ सय ५५.९३३८ कित्ता शेयर सूचीकृत भएको छ । 

त्यसैगरी शिखर इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको १६ प्रतिशत बोनस बापतको ३६ लाख ८८ हजार ६ सय ६० कित्ता बोनस शेयर आजै सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement