लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाईसँग नयाँ वर्ष’ योजना, पाँच लाखसम्म छुट !

Advertisement

काठमाडौं । हुन्डाई अटोमोवाईल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना सार्वजनिक गरेको छ । यो ग्राहकमुखी योजना यही चैत्र १३ गतेदेखि सुरु भएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले रु. ५,००,००० सम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा रु. २,००,००० सम्मको छुट , नयाँ वर्ष बोनस रु. ८०,००० सम्म र एक्सचेन्ज बोनस रु. ८०,००० सम्म जस्ता अकर्शक अफरहरू प्राप्त गर्न सक्नेछन् । 

Advertisement

यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्। सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि
सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् ।
हुण्डाईले गएको महिनामात्रै भेन्यू र एनआईओएस फेसलिफ्ट भर्जन लञ्च गरेको थियो । यस स्किमबाट हुण्डाईको कुनैपनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा इभी गाडी खरिद गरि फाईदा लिन
सक्नेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक
मध्येमा पर्दछ । 

Advertisement

Advertisement