शेयर बजारमा दोहोरो अंकको सुधार, लाभांश घटाएपछि नेशनल माइक्रोफाइनान्समा नेगेटिभ सर्किट

Advertisement

काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा आज दोहोरो अंकको सुधार देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.७० अंकले बढेको हो । ०.९४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९०६ अंकमा उक्लिएको छ । बजारमा सुधार आएसँग १९ सय अंकबाट तल झरेको बजार फेरि १९ सय अंक पार गरेको हो । 

Advertisement

आज २६१ कम्पनीका ४३ लाख ८ हजार ६ सय ४५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९ सय ९१.८४ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजारमा उकालो चढेको दिन तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । सुपरमाई हाइड्रो, एशियन हाइड्रो र कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९ र ९.९९ प्रतिशतले नाफा कमाएका छन् । 

नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश घटाउँदै १५ प्रतिशतमात्रै दिने प्रस्ताव गरेसँगै आज लगानीकर्ताहरुले १० प्रतिशतले घाटा व्यवहोरेका छन् । 

नेप्सेका अनुसार आज पनि हिमालयन डिस्टिलरीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५ करोड ९० लाख ८० हजार ७ सय ६३.५० रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 

साताको पहिलो दिन हिजो आइतबार २६.८७ अंकले बजार घट्दा १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५ सय ३१.०३ रुपियाँ बराबरको कारोबार भएको थियो ।    
 

Advertisement

Advertisement