हल्लिँदै संसद आउने प्रधानमन्त्रीलाई आउनासाथै सचेतकले हत्त न पत्त लुकाएर चेम्बरमा लान्छन्ः पन्त

Advertisement

काठमाडौं र प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारको अकर्मण्यता र गतिहीनताले समग्र सांसदहरुमाथि प्रश्न उठेको बताएका छन् । 

बुधवार संसदमा बोल्दै उनले सरकारले प्रतिनिधि सभा बैठकमा विधेयक पेस गर्ने विषयलाई महत्व नदिएको बताए । प्रधानमन्त्री स्वयं संसद बैठकमा उपस्थित हुँदा पनि प्रधानमन्त्रीले पेस गर्ने विधेयक अन्य मन्त्रीहरुले पेस गरेको भन्दै पन्तले त्यसप्रकारको कार्यशैलीको बिरोध गरे । 

Advertisement

उनले प्रधानमन्त्री र मन्त्रीहरुले संसदलाई महत्व नदिएका बताउँदै सरकारको कारणले संसद प्रभावकारी हुन नसकेको र त्यसको दोष सम्पूर्ण सांसदहरुलाई लागेको बताए । 

पन्तले भने, ‘यहाँ के देखियो भने प्रधानमन्त्री रमाउँदै, हल्लिँदै आउनुहुन्छ । उहाँलाई सत्ता पक्षको सचेतकहरुले हत्त न पत्त लुकाएर चेम्बरमा लैजानुपर्छ । किनभनेदेखि उहाँले प्रश्तुत गर्ने विधेयक अर्को मन्त्रीको नाममा हुन्छ । अर्थात विधेयक प्रश्तुत गर्न उहाँ आफ्नो नाम हटाउन लगाउनुहुन्छ । तर संसदमा आउनुहुन्छ । भित्र पनि पस्नुहुन्छ । उहाँलाई लुकाउन लानुपर्छ हत्त न पत्त प्रतिपक्षले उठाउला भनेर । कुनै मन्त्रीको महत्वपूर्ण काम भनेको आफुले सञ्चालन गर्ने आफ्नो मन्त्रालयसँग सम्बन्धित विधेयक संसदमा पेस गर्ने भन्दा कुनै महत्वपूर्ण काम हुन्छ ? हुँदैन सभामुख महोदय यति महत्वपूर्ण कामलाई उहाँले छोडेर उहाँ कहाँ जानुभयो थाहा छैन् ।’ 

उनले थपे, ‘तर यसले के देखिन्छ भने यो सरकारका मन्त्रीहरुले, यो सरकारका प्रधानमन्त्रीले संसदलाई कति महत्व दिएका छन् ? संसदको गरिमा बढाउन कति काम गरेका छन् र छैनन् भन्ने देखिन्छ । प्रधानमन्त्री माओवादी केन्द्रको हुनुहुन्छ । माओवादी केन्द्रको राजनीतिक दस्तावेज पढ्दा कहीँ पनि उहाँहरुले संसदीय व्यवस्था स्वीकार्नुभएको छैन । त्यो नस्वीकारेकै कारणले यो संसदको मर्यादा, गरिमा बढाउन उहाँहरुलाई चासो नभएको त होइन ? सरकारको अकर्मण्यताले, गतिहीनताले, सरकारको अदूरदर्शिताले, प्रधानमन्त्री र मन्त्रीहरुले संसदलाई बेवास्ता गरेका कारणले संसदमाथि प्रश्न उठेको हो ।’

Advertisement

Advertisement