भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य सुरु, धावनमार्ग पनि लम्ब्याइने

Advertisement

काठमाडौं । भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । भवनको प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार शिलान्यास गरे । तीन बर्षभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले एक अर्ब ९२ करोड ७० लाख ९८ हजार ९७७ रुपियाँ लागतमा नयाँ टर्मिनल भवन निर्माणसहित भरतपुर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन लागिएको बताए । 

Advertisement

विमानस्थलको स्तरोन्नतीको ठेक्का केसी–क्षमादेवी–प्रतीक्षा देवी जेभीलाई दिइएको छ । यसैगरी, विमानस्थलको धावनमार्ग विस्तारका लागि नेपाली सेनाको जग्गा प्रयोग गरिने बताउँदै निरौलाले यसका लागि नेपाली सेनासँग समन्वय भइरहेको बताए । 

प्राधिकरणको सोतबाट निर्माण हुने विमानस्थलको टावर, टर्मिनल भवन अत्याधुनिकस्तरको हुने जनाइएको छ । प्राधिकरणले भरतपुर विमानस्थलको धावनमार्गको लम्बाई चार सय मिटर विस्तार गर्न लागिएको बताएको छ । 

Advertisement

Advertisement