शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि बढ्न सकेन

Advertisement

काठमाडौं । शेयर बजारमा फेरि गिरावट आएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.८७ अंकले तल झरेको हो । ०.५७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९०८.५५ अंकमा झरेको छ । 

Advertisement

आज २५४ कम्पनीका २७ लाख ५० हजार ६ सय ५५ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ९५ लाख ३२ हजार १ सय ३९.४० रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि सुपरमाई हाइड्रोका शेयरधनीले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी आदर्श लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.०७ प्रतिशतले घाटा व्यहोरेका छन् । 

शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५ करोड ५८ हजार १ सय ९९.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार २६.८७ अंकले बजार घट्दा १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५ सय ३१।०३ रुपियाँ, सोमबार १७.७० अंकले बजार बढ्दा १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९ सय ९१.८४ रुपियाँ, मंगलबार १२.१० अंकले बजार बढ्दा १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८ सय ७८.३१ रुपियाँ र हिजो बुधबार १.०२ अंकले बजार बढ्दा ८१ करोड ६२ लाख १९ हजार १ सय २९.७६ रुपियाँ बराबरको कारोबार भएको थियो ।      

Advertisement

Advertisement