त्रिभुवन विमानस्थलका अधिकारीहरुलाई पर्यटनमन्त्रीका १२ प्रश्न

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदान किराती बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकमिक बैठक बसी विमानस्थलका अधिकारीहरुसँग १२ प्रश्नको जवाफ मागेका छन् । 

मन्त्री किरातीले १२ प्रश्नको जवाफ बोलेर, लेखेर होइन परिणाममा दिन सुझाव पनि दिएका छन् । यस्ता छन् मन्त्रीका प्रश्नः 

Advertisement

१) व्यागेज चोरिएको घटनाहरु सत्य हो ?
२) अराइभलमा यात्रु लड्ने बिधुतिय भ¥याङ्ग के हुँदैछ कहिले सम्म बनि सक्छ ?
३) सरसफाई अभियान के कस्तो चल्दै छ ? 
४) समयमा जहाज उड्दैछ कि छैन ?
५) यात्रु मैत्री एर्यपोर्ट बन्दै छ कि छैन ?
६) एयरपोर्ट भित्र महङ्गि नियन्त्रण भयो कि भएन ? 
७) ब्रेक बिनाको ट्रली फेर्ने काम कहाँ पुग्यो ?
८) शौचालय भित्र बजि रहेको सङ्गित किन बन्द भयो ?
९) महिला सौचालयमा सेनिट्यारी प्याड राख्ने काम के भयो ?
१०) एयरपोर्ट अगाडिको ब्यूटिफिकेशन के भयो ? 
११) एयरपोर्ट भित्र कुकुर र बाँदर कसरी पस्यो ?
१२) एयरपोर्ट भित्र वाईफाई प्रभावकारी किन चल्दैन ?

Advertisement

Advertisement