सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आज बाँडफाँट हुँदै, कहाँ र कति बजे ?

Advertisement

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको चैत ८ गतेदेखि चैत १२ गतेसम्म निष्काशन खुला भएको आईपीओ आज दिउँसो बाँडफाँट हुने भएको छ । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज दिउँसो ३ः३० बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । 

Advertisement

कम्पनीको आईपीओमा १४ लाख ३३ हजार ७ सय १७ जनाले १ अर्ब ६० करोड ७६ लाख ७४ हजार रुपियाँ बराबरको १ करोड ६० लाख ७६ हजार ७४० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले ४३ करोड ६८ लाख रुपियाँ बराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओ सर्वसाधारणका बिक्री खुला गरेको थियो । 

चार लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि  र १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । 

बाँकी ३५ लाख ८१ हजार ७ सय ६० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था थियो । सर्वसाधारणका लागि छुट्याइएको उक्त शेयर ३ लाख ५८ हजार १ सय ७६ जनाले १०–१० कित्ताका दरले पाउने छन् ।  

Advertisement

Advertisement