मकर जितुमाया हाइड्रोको आईपीओ आइतबारदेखि निष्काशन खुला

Advertisement

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गते आइतबारदेखि २२ गते बुधबारसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ । 

कम्पनीले २२ करोड ८० लाख रुपियाँ बराबरको २२ लाख ८० हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । 

Advertisement

कूल निष्काशन मध्ये ८० हजार कित्ता सामूहिक लगानी कोष र ३२ लाख २८ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १३ लाख ३७ हजार ३ सय २ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । 

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख ३३ हजार ७ सय २८ जनाले १०–१० कित्ता र २ जनाले ११–११ कित्ता पाउने छन् । 

Advertisement

Advertisement