गमलाको व्यापारमै साढे दुई करोडको लगानी, नेपालमा उत्पादितभन्दा आयातित सस्तो

Advertisement

काठमाडौं । विगत तीन वर्षदेखि ‘गमला घर’ सञ्चालन गर्दै आएका दिपेन्द्र तुलाधरले दुई करोड ५० लाख रुपियाा लगानी गरेर यो व्यवसाय सुरु गरेका हुन् । 

गमला तथा सजावटका विरुवाहरु बिक्री गर्दै आएका उनले  राजधानीको भृकुटीमण्डपमा जारी ‘फ्लोरा एक्स्पो’मा सहभागीता जनाएका छन् । नेपाल फ्लोरिकल्चर एशोसिएशनले गरेको चार दिने यस मेलामा १२ लाख रुपियाँको कारोबार गर्ने तुलाधरको लक्ष्य लिएका छन् । 

Advertisement

उनले काठमाडौं उपत्यकाभित्र नयाँबजार, कुपण्डोलप, बाँसवारीमा ‘गमला घर’ सञ्चालन गर्दै आएका छन् । गमला तथा फूलको सौखिन भएका कारण आफू यस व्यवसायमा लागेको तुलाधरको भनाई छ । गमला किन्न आउने ग्राहकलाई फूलको बिरुवा खोज्न अन्त जान नपरोस् भनेर उनले एकै ठाउँमा बिरुवा पनि बिक्री गर्दै आएका छन् । 

आकर्षक रंग र शैलीका गमला बनाउने भएकाले तुलाधरले यसको राम्रो व्यापार गर्दै आएका छन् । सबै  खर्च कटौती गरेरमासिक करिव तीस लाख आम्दानी हुने गरेको उनले सुनाए । गमला घरबाट १५ जनाले रोजगारी पाएका छन् ।   
गमला घरमा पाँच सय प्रकारका गमला, घरभित्र र बाहिर राख्ने दुई सय जति बिरुवा रहेको तुलाधरले बताए । आफूले बिक्री गर्ने गमला नेपाली, इण्डियन, चिनियाँ रहेको उनले बताए ।  नेपाली  गमला नेपालमा उत्पादन भए पनि विदेशीभन्दा महंगो पर्ने तुलाधरको भनाई छ । 

उनले भने, ‘नेपालमा गमला बनाउँदा बनाउने सामानको मूल्य नै महंगो पर्छ । सबै बाहिरबाट आयात गर्नुपर्ने हुन्छ । त्योभन्दा इण्डिया, चाइनाबाट ल्याएको तयारी गमला नै सस्तो पर्छ ।’ तुलाधरले सेरामिक्स, फाइबर, प्यालास्टिका गमला बिक्री गर्दै आएका छन् । यीमध्ये सेरामिक्सको गमला धेरै बिक्री हुने गरेको उनले बताए । तुलाधरले राजधानी बाहिर पनि धेरै स्थानमा गमला बिक्री गर्दै आएको सुनाए । 

आफूले बनाउने गमला बालकदेखि वृद्धसम्मे मन पराउने गरेको उनले दावी गरे । तुलाधरले भने, ‘एक पटक आउने ग्राहक पटक पटक आउने गर्नुहुन्छ । गमलाका सौखिम बढ्र्दै गएकाले बिक्री घटेको छैन् । त्यसमाथि बजारमा पाइने गमलाभन्दा हाम्रो गमला घरमा भिन्न र आकर्षक खालका मगला पाइने भएकाले पनि ग्राहकले धेरै रुचाउने गर्नुभएको छ ।’

Advertisement