युवा उद्यमीहरुको हितको लागि उद्योग बाणिज्य महासंघमा मेरो उम्मेदवारी होः चिराग गोयल

Advertisement

काठमाडौं । युवा व्यवसायी एवं नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरका अध्यक्ष चिराग गोयलले नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा महासंघको एशोसियट्सतर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

महासंघमा आउँदो चैत्र २९ गते नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ । गोयल ग्रुपका कार्यकारी निर्देशकसमेत रहेका चिराग गोयलले युवा उद्यमशीलताको विकास लागि आफूले उम्मेदवारी दिन लागेको बताएका छन् । 

Advertisement

युवाहरुलाई व्यवसायमा आउनका लागि प्ररणा दिन जरुरी रहेको गोयलले बताए । उनले त्यसैका लागि पनि आफ्नो उम्मेदवारी हो भन्दै उनले निजी क्षेत्रका समस्या समाधानका लागि महासंघमा सशक्त नेतृत्वको खाँचो रहेको बताए । 
 
निर्माण, खानी तथा सूचना प्रविधिमा आबद्ध रहेका गोयल आफू व्यवसायी भए पनि नाफामा मात्र नभई समाज र राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने गरि काम गरिरहेको बताए । उनी भन्छन्, ‘नाफाका लागि त सबैले काम गर्छन । तर, राज्यको विकासका लागि हामीले सोच्नु पर्ने बेला आएको छ । देशको विषम आर्थिक अवस्थाले गर्दा उद्योगी व्यवसायीमा निराश बढेको अवस्था छ । अर्थतन्त्रलाई लयमा फर्काउनु जरुरी छ । व्यवसायीहरुमा आशा उत्साह बढाउनु जरुरी छ ।’ 
 
गोयलले विनाशकारी भूकम्प र कोभिड महामारीका बेलामा समेत थुप्रै कामहरू गरेको सुनाए । उनले भूकम्पपछि संस्था स्थापना गरेर एक हजार ६३ वटा घर बनाएको बताए । आफूले गरेको कामको प्रचार गर्ने भन्दा पनि त्यसले परिणाम दिनुपर्ने गोयलको भनाई छ । 

स्टार्टअप विजनेशको विकास गर्न पनि आफूले मद्दत गर्ने गोयलले बताए । नयाँ उद्यमी, युवा पुस्ताको स्टार्टअप, महिला उद्यमीलाई निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका साथै सरकारको प्रोत्साहनको खाँचो रहेको बताउँदै उनले उनहरुका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

Advertisement

Advertisement