केही सहकारीको गल्तिले समग्र सहकारी अभियाननै बदनाम भयोः गभर्नर अधिकारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही सहकारीको गल्तिका कारण समग्र सहकारी अभियाननै बदनाम भएको बताएका छन् ।  

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना आजदेखि शुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन् । 

Advertisement

‘केही सीमित कमीकमजोरी र फ्रडका घटनाहरुले सहकारीप्रति अविश्वास भएको छ, तर समग्रमा सहकारी क्षेत्रले सर्वसाधारणको जीवनस्तर सुधारमा प्रभावकारी काम गरेको छ’, उनले भने । 

महासम्मेलन उद्घाटन सत्रमा नेपालको अर्थतन्त्र र सहकारीको विषयमा मुख्य वक्ताको रूपमा गभर्नर अधिकारीले सम्बोधन गरेका हुन् । गभर्नर अधिकारीले सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यक रहेको बताए । 

गभर्नर अधिकारीले सहकारी क्षेत्रमा सहकारी क्षेत्रले सिमान्तकृत वर्गको स्तर सुधारका लागि धेरै राम्रो काम गरेको बताउँदै सरकारले सहकारी क्षेत्रमा बजेट विनियोजन गरी सिमान्तकृत वर्गले पाउने हिसाबले काम भइरहेको बताए । 

सहकारीको काम कारबाहीमा प्रश्न उठिरहेकोले स्वनियमन आवश्यक छः प्रधानमन्त्री

Advertisement

Advertisement