सहकारी सम्मेलनमा सहकारी क्षेत्रको ठूलो तरलता संकटबारे प्रधानमन्त्री मौन

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नियमविपरित काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित नियामक निकायहरुलाई निर्देशन दिएका छन् । 

बिहीवार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको राष्ट्रिय सहकारी सम्मेलनमा उनले यस्तो निर्देशन दिए पनि सहकारीमा किन यस्तो समस्या आयो ? भन्ने कुरामा मौन बसे । बैंकिङ क्षेत्रमा देखिएको तरलता संकट लम्बिँदा त्यो असर सहकारी क्षेत्रमा पनि परेको छ, जसको कारण विशेषगरी शहरी क्षेत्रका अधिकांश सहकारी संस्थाहरु अहिले संकटमा छन् । बैंकिङ क्षेत्रमा जस्तो नियमन र संरक्षण गर्ने सरकारको कुनै नीति अहिलेसम्म छैन् । 

Advertisement

सहकारीप्रतिको नागरिकमा विश्वास टुट्न नदिनु अहिलेको प्रमुख आवश्यकता रहेको बताए । प्रधानमन्त्री दाहालले ऐन कानून र सहकारी सिद्धान्त मूल्य, मान्यताअनुसार सञ्चालन गर्दा समस्यामा परेका सहकारीको समस्या समाधानमा सरकारले आवश्यक सहजीकरण गर्ने दाहालले बताए । 

ऐन कानून विपरित सञ्चालन गरी काम गर्ने र सहकारी क्षेत्रमा देखिएको वित्तीय अराजतालाई नियमन र नियन्त्रण गर्न नियामक निकायहरुलाई निर्देशन दिँद्यै उनले आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गरी उत्पादन संरक्षण र प्रवद्र्धन गर्ने सन्दर्भमा सहकारी अभियानसँग सहकार्य गर्न तयार रहेको बताए । 

दाहालले राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका खेल्दै आए पनि पछिल्लो समय सहकारीको काम कारवाहीमा केही प्रश्न उठिरहेका बताए । उनले अब सहकारीले स्वनियमन गर्न आवश्यक रहेको बताए । दाहालले मुलुकको अर्थतन्त्रको एउटा खम्बाको रुपमा रहेको सहकारी अभियानलाई सशक्त रुपमा स्थापित गराउन सरकार आवश्यक पहल गर्न तयार रहेको बताए । 

प्रधानमन्त्री दाहालले सहकारीले अपेक्षाअनरुप प्रमुख प्राथमिकताका क्षेत्र परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले विद्यमान सहकारीहरु क्रमशःउत्पादन सहकारी र श्रम सहकारीमा रुपान्तरण गरिनु आवश्यक रहेको बताए । दाहालले सहकारी प्रतिको आशा र भरोसाको सुरक्षा गर्नुपर्ने दायित्व सबैको भएको बताए । 
उनले सहकारी संस्थाहरुप्रति उठेका सवालहरुको विषयमा गहन छलफल गरेर निस्कर्ष निकाल्न आवश्यक रहेको बताए । दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी अभियान्ताहरुको बाक्लो जमघटले नेपालको सहकारी अभियानलाई आगामी दिनमा कसरी लैजाने भन्ने विषयमा मार्ग चित्र बनाउन सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement

Advertisement