दुई वटा समूहको समर्थन पाएका भरत आचार्यलाई सजिलै हराउने ज्योत्सनाको जोस

Advertisement

ज्योत्सना श्रेष्ठ
सन् १९९५ मैले विवाह गरेपछि नै व्यवसायमा होमिएको हो । त्यतिबेला कोही पनि महिलाहरु व्यवसायमा आउन रुचि गर्दैनथिए। मैले आफूलाई लक्की नै मान्नुपर्छ, मेरो परिवारले मलाई व्यापारमा ल्याउन हौसला दियो । साथ दियो । 

परिवारको हौसलापछि मैले केही गर्छु भन्ने आत्मबल बढ्न गयो । आफ्नो व्यापार व्यवसायसँगै विभिन्न समूहहरुमा आवद्ध भएँ । मखन गल्लीबाट सुरू भएर मेरिगोल्ड ज्वेलर्स अहिले न्यूरोडका साथै दरबारमार्गमा विस्तार भएको छ ।

Advertisement

तीस वर्षदेखि गहना व्यवसाय चलाउँदै आएको छु । रत्न तथा आभूषण संघमा नेतृत्व गरिसकेको छु। रत्न तथा आभुषण संघमा दुई कार्यकाल अध्यक्ष समेत भइसकेको छु । यसपछि म उद्योग वाणिज्य महासंघको भूमिकामा समेत विस्तारै आइरहेको छु ।

महासंघमा दुई कार्यकाल कार्यकारिणी सदस्यसहित समितिको सभापतिको हैसियतमा काम गरें । महासंघमा म आवद्ध भएकै नौ वर्ष पुगिसकेको छ। मेरो मुख्य मुद्दा भनेको महिलाहरुलाई प्रोत्साहन गर्नु हो । मेलै ज्वेलरीको क्षेत्रमा पनि ३५ प्रतिशतभन्दा बढी महिलाहरु ल्याइसकेको छु ।

मसँग कुनै अनुभवको कमी छैन् । मैले नेतृत्व गरेको सबै स्थानमा सफलता हात पारेको छु । मेरो मुख्य उद्देश्य महिलाहरुलाई नेतृत्वमा ल्याउनु नै हो ।

मैले महासंघको एशोसियटतर्फ उपाध्यक्षमा उम्मेदवारी दिएको छु । यसलाई एक अवसरको रुपमा लिएको छु। यदि मैले यो चुनावमा जिते भने धेरै महिलाको लागि बाटो खुल्नेछ। मेरो अभियान उपाध्क्षमा मात्रै होइन । वरिष्ठ उपाध्यक्ष समेत जितेर महासंघको नेतृत्व गर्ने भन्ने हो ।

चुनाव लडेपछि एक जना जित्छ अर्को हार्छ। यसमा म कुनै चित्त दुखाउदिन। जो मसँग चुनाव लडिरहनु भएको छ, उहाँ (भरत आचार्य) मेरो मिल्ने साथी हो। सायद मैले जिते भने पनि उहाँलाई दुःख लाग्दैन । उहाँले जित्नुभयो भने पनि मलाई दुःख लाग्दैन् । तर म सजिलै जित्छु भन्नेमा ढुक्क छु । 

यो स्वतन्त्र प्रतिस्पर्धा हो। मलाई विस्वास छ, म यो चुनावमा जित हासिल गरें भने सबैलाई मिलाएर लैजान्छु । मैले कुनै काम लिए भने डेडिकेट भएर पूरा गर्नेछु । म समग्र टिम जिताउन लागि परिरहेको छु । मलाई धेरै अग्रजहरुले पनि समर्थन गरिरहनु भएको छ । यसले मलाई थप हौसला दिलाइरहेको छ ।

श्रेष्ठसँगको कुराकानीमा आधारित । उनी नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा रामचन्द्र संघई समूहबाट उपाध्यक्ष छिन् । उनका प्रतिस्पर्धी रहेका भरत आचार्यलाई अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ दुवैको समर्थन देखिन्छ । यद्यपि आफू जित्नेमा ज्योत्सनामा आत्मविश्वास बढी देखिन्छ ।)

Advertisement