संसदमा मन्त्रीको चेतावनी– गुणस्तरीय काम गर्ननसक्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्छु

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमै गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौंता रद्द गर्ने चेतावनी दिएका छन् । 

मंगलबार संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले विकास परियोजनाहरुको कामलाई बेवारिसे बनाउने, समयमै गुणस्तरीय काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुसँग ठेक्का सम्झौता तोडेर नयाँ विकल्पमा जान सरकार तयार रहेको बताए । 

Advertisement

ज्वालाले विकास आयोजनाहरुको कामलाई अस्तव्यस्त बनाउने अवस्थाबाट मुक्त गराउन आफूले सम्बन्धित पक्षलाई सचेत गराएको पनि बताए । उनले भने, ‘समयमा काम गर्नुपर्ने र त्यो पनि गुणस्तरीय काम गर्न निम्ति हामीले जुन खालको निर्देशन दिएका छौं । जुन किसिमले प्रयास गरेका छौं । यसमा कहीकतै सम्प्रमाईज हुँदैन । र, समयमा काम सम्पन्न नगर्ने, ठेक्का लिने र ती ठेक्काहरु अस्तव्यस्त बनाउने, बेवारिसे बनाउने खालको अवस्थाबाट ती योजनाहरुलाई मुक्त गराउनका निम्ति ती ठेक्का तोडनका निम्ति पनि हामी तयार छौं । र, ती ठेक्का तोडिएपछि नयाँ विकल्पमा जानुपर्ने अवस्था पनि सृजना हुन सक्छ । त्यसका निम्ति पनि मन्त्रालय तयार रहेको कुरा म यहाँहरुको बीचमा अनुरोध गर्न चाहन्छु ।’

मन्त्री ज्वालाले राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै पक्षलाई निर्देशन दिइएको बताए ।

Advertisement

Advertisement