गीताप्रेस शताब्दी वर्ष महोत्सवको अवसरमा गरियो पूजाअर्चना कार्यक्रम

Advertisement

काठमाडौं । सनातन संस्कृतिको धरोहर गीताप्रेस गोरखपुर स्थापनाको शताब्दी वर्षको अवसरमा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधानमा एवं गीताप्रेस पुस्तक विक्री केन्द्र काठमाडौंको आयोजनमा गत बुधबार शुक्ल त्रयोदशीका दिन पूजाअर्चना एवं दीप प्रज्वलन गरियो । 

लागत मूल्यभन्दा पनि कम मूल्यमा सनातन धर्म संस्कृतिका विविध कृतिहरू प्रकाशन गर्दै आइरहेको गीताप्रेस विसं १९८० साल बैशाख शुक्ल त्रयोदशीका दिन स्थापना भएकोमा आजको दिन हामी सनातनी ॐकार परिवारका लागि गौरवको दिन भएको संस्थाले जनाएको छ । 

Advertisement

ब्रह्मलिन जयदयाल गोयन्का, हनुमानप्रसाद पोद्दार, सन्तस्वामी रामसुखदास महाराज, घनश्याम जालान एवं प्रत्यक्ष अप्रत्यक्ष रूपमा महत्वपूर्ण योगदान पुर्याएका सम्पूर्ण विद्वतहरूमा हार्दिक नमन गर्दै नेपालमा साप्ताहिक रूपमा विविध कार्यक्रम आयोजना गरिने जनाइएको छ । 

शताब्दी वर्ष पुगेको दिन बुधबार शुक्ल त्रयोदशीका दिन आयोजित कार्यक्रममा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपाल एवं गीताप्रेस पुस्तक विक्री केन्द्र काठमाडौंका संचालक, कार्यकर्ता, शुभेच्छुक एवं शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । 

Advertisement