हिमालयन बैंकले संकटा क्लबलाई दियो १० लाख

Advertisement

काठमाडौं । हिमालयन बैंकले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी न्यूरोड स्थित संकटा क्लबलाई दश लाख रुपियाँ प्रदान गरी प्रायोजन गरेको छ । 

बैंकले खेलको तयारी तथा आवश्यक पर्ने सरसामान खरिद गर्न उक्त क्लबलाई सहयोग प्रदान गरेको जनाएको छ । 

Advertisement

बैंकका अध्यक्ष  प्रचण्डबहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम संकटा क्लबका अध्यक्ष  इन्द्रमान तुलाधरलाई हस्तान्तरण गरेका हुन् ।
 

Advertisement

Advertisement