अपि पावर कम्पनी चर्च ब्वाइज फुटबल क्लबको मुख्य प्रायोजक

Advertisement

काठमाडौं । अपि पावर कम्पनी र ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडबीच मुख्य प्रयोजकको लागि सम्झौता भएको छ । 

उक्त सम्झौतामा अपि पावरका कार्यकारी संचालक  संजिव न्यौपाने र चर्च ब्वाइज क्लबका अध्यक्ष  टंकलाल राईबीच एक वर्षको लागि मुख्य प्रायोजक रहने आज सम्झौता सम्पन्न भएको हो ।

Advertisement

सम्झौतासँगै अब क्लबले अपि पावर चर्च ब्वाइज युनाइटेडको नामबाट विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउने छ । क्लबको पूर्वाधार विकास तथा खेलाडीको स्तरोन्नतीको लागि अपिपावरले चर्च ब्वाइज युनाइटेडलाई सहयोग गर्ने छ ।

कम्पनीले खेलकुदको माध्यमबाट मुलुकको आर्थिक एवम् सामाजिक रुपान्तरण गर्ने उद्देश्यका साथ सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग उपलब्ध गराउने जनाएको छ । 
 

Advertisement

Advertisement