एआईजी श्याम ज्ञवालीले आरजु राणा र टेकनारायण पाण्डेलाई गोप्य भेट गराए

Advertisement

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा र प्रहरी हिरासतमा रहेका सचिव टेकनाराण पाण्डेबीच प्रहरी कार्यालयमै गोप्य भेटवार्ता भएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरण पेचिलो बन्दै गएको बेला उक्त प्रकरणमा मुछिएका उनीहरुबीच सोमबार रानीपोखरी प्रहरी कार्यालयमा गोप्य भेटघाट भएको थियो । भेट गराउने वातावरण एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) श्याम ज्ञवालीले गराएका थिए । सिंहदरबार प्रहरीमा रहेका पाण्डेलाई टेकु वा अन्य ठाउँमा भेट गराउँदा कसैले फोटो खिच्नसक्ने भएकाले पाण्डेलाई सिंहदरबारबाट ल्याएर दुवै जनालाई रानीपोखरीमा भेट गराउने काम भएको थियो । 

Advertisement

स्रोतको भनाई छ, ‘भेट भएको हण्ड्रेड पर्सेन्ट हो । कति समय भेट भयो ? के के कुराकानी भयो ? तपाईं आफै खोज्नुस् ।’ नक्कली भुटानी शरणार्थीलाई अमेरिका पठाइने भन्दै उठाइएको रकम लिएको प्रमाण भेटिएपछि तत्कालिन गृहसचिव पाण्डेलाई पक्राउ गरी छानविन गरिरहेको छ । 

सोही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी गरे पनि राजनीतिक संरक्षणका कारण प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन् । साथै, सोही संगठित ठगीमा संलग्न देखिएका एमालेका नेता रामबहादुर थापा, नेपाली कांग्रेसका नेतृ आरजु राणा, तत्कालिन गृहमन्त्री बालकृष्ण खाँड, उनकी पत्नी मन्जु खाँड, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईलगायतलाई भने पक्राउ गर्नुको सट्टा संरक्षण गर्ने प्रयास भइरहेको छ । 

Advertisement

Advertisement