बीमा प्राधिकरणमा अझै २१२ उजुरी फर्च्यौट हुन बाँकी, समाधानलाई तीब्रता दिएका छौंः पौडेल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमितका गुनासाहरु फ।्च्यौट गर्न गर्न तीब्रता दिएको दाबी गरेको छ । कर्पोरेट नेपालसँगको कुराकानीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गुनासाहरु धमाधम सुनुवाई भइरहेको बताए । 

उनले भने, ‘हाम्रो डाटा हेर्नु न । डाटाले बोलेको ठाउँमा हामीले बोल्नै पर्दैन् । बीमितका गुनासाहरु प्राधिकरणले धमाधम सुनुवाई गरिरहेको अवस्था छ ।’ पौडेलकाअनुसार चालु आर्थिक वर्षको सुरुवातसम्म दर्ता भएर फर्च्यौट हुन बाँकी गुनासा २८० वटा रहेका थिए । तीमध्ये ६८ वटा गुनासाको चालु आर्थिक बर्षको पहिलो नौ महिनामा फच्र्यौट भएको छ ।  फच्र्यौट भएकामध्ये ४५ वटा गुनासा फैसलाबाट र बाँकी रहेका २३ वटा सहमतिबाट टुंगिएको छ । 

Advertisement

बाँकी रहेका २१२ गुनासा विचाराधिन अवस्थामा छन् । ती गुनासा उच्च व्यवस्थापनबाट हुने कानुनी सहमतिलाई पीडक र पीडित दुवै पक्षले माग्दै आएको उनले बताए । उच्च व्यवस्थापन अर्धन्यायिक निकायको रुपमा गुनासो तथा उजुरीको सम्बोधन गर्दै आएको छ । 

पौडेलले थपे, ‘पछिल्लो समय बीमितहरुले पनि गुनासाहरुको चाँडै समाधान गर्न आउनुभएको अवस्था छ । त्यस्तै, बीमा कम्पनीहरुले पैसा दिएनन् भन्ने भन्दा पनि बीमाबाट पैसा पाइयो, बीमाले पैसा दियो भन्नेको संख्या पनि बढ्न थालेको छ ।’

केही दिनअघि हिमालयन लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार शुभारम्भका क्रममा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाले जीवन तथा निर्जीवन बीमा कम्पनी दुवैलाई आफ्नो भुक्तानी तुरुन्तै गर्न निर्देशन दिएका थिए । 

उनले भनेका थिए, ‘जीवन बीमा कम्पनीहरुले भुक्तानी रोक्नुपर्ने कुनै पनि कारणै छैन् । बरु निर्जीवनमा केही विशेष कारण हुने भएकाले केही दिन ढिलो गर्न पाउला । यसको मतलब निर्जीवनले पनि बिना कारण दाबी भुक्तानीमा ढिलाई गर्न मिल्छ भनेको होइन । तर, जीवन बीमा त यस्तो बीमा हो जहाँ कुनै पनि भुक्तानी रोकिनुपर्ने कारण नै देख्दिन ।’ 

Advertisement

Advertisement