आज (जेठ २)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल जेठ महिनाको २ गते मंगलबार, ज्येष्ठ कृष्णपक्षको द्वादशी तिथि ।

मेष 
आम्दानीमा केही बृद्धि हुन जाने छ । पेशागत जीवनमा धेरै जोखिम भन्दा जे जस्तो अवस्थाछ त्यो कायम गर्न प्रयास गर्नु होला । पेशागत जीवनमा भने समस्याहरु आउने भएकाले सकभर बादबिबाद भन्दा संयमिताबाट अघि बढ्नु नै बुद्धिमानी हुने देखिन्छ । शेयर क्षेत्र भने केही सकारात्मक रहने छ । ज्ञानि स्वाभावको व्यक्तित्व हुने हुँदा अरुले कदर गर्ने छन् । 

Advertisement

वृष
भाग्यको साथ रहेकाले आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । शेयर क्षेत्र अनुकुल रहने छ । पेशागत जीवनमा सकारात्मक सुधारहरु देखा पर्ने छन् । सोचे जति आम्दानी भने प्राप्त नहुने भएकाले सकारात्मक बनि अघि बढ्दै रहनु होला । स्टेसनरी, अध्यापन, शिक्षा क्षेत्र, व्यवस्थापन जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।

मिथुन 
पैतृक सम्पत्ति र जम्मा भएको धन सम्पत्ति खर्च हुने चुनौति देखिन्छ । शेयर क्षेत्र सकारात्मक बन्ने छैन् । दृढताले भरिएको व्यक्तित्व हुने भएता पनि मनमा दुविधाले सताउने छ । श्रम क्षेत्र, सेवा, नोकरी, सार्वजनिक सवारीसाधन, घर घडेरीको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल बन्ने छ । 

कर्कट
पेशागत क्षेत्रमा चुनौतिहरु आउने भएकाले संयमित रहनु होला । शेयर क्षेत्र सकारात्मक रहने छ । आफ्नो लक्ष्य प्रति दृढ रहने उर्जा प्राप्त हुनेछ । धेरै उत्साही भई जोखिमहरु मोलि हाल्ने भन्दा ठिक्क गतिमा चल्नु उपयुक्त हुने छ । अध्यापन, शिक्षण, धार्मिक वस्तुको कारोवार, स्टेसनरी, वकालत जस्ता पेशामा आवद्धहरुलाई अनुकुल हुने छ ।

सिंह
पेशागत क्षेत्र औसत रहने छ । शेयर क्षेत्र भने केही सकारात्मक बन्ने छ । आफ्नो लक्ष्य प्रति केन्द्रीत र समर्पित हुने खालको स्वाभाव हुने छ । तर मनोबल कमजोर भएको लुलो व्यक्तित्व हुने हुँदा अरुले हेप्ने छन् । भाग्यहिनताको आभाष हुने छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुने छैन् । 

कन्या
कमाई औसत रहने छ । शेयर क्षेत्र पनि औसत रहने छ । दोहोरो स्वाभाव भएको चरित्र हुने हुँदै अरुले विश्वासमा कमि आउने छ । रिस कडा खालको देखा पर्ने भएकाले संयमित रहनु होला । भाडाका सवारीसाधन, ग्रिल उद्योग, विषादीको कारोवार, रसायनिक फलको कारोवार, सार्वजनिक यातायात, श्रम जगतमा कार्यरतहरुलाई सकारात्मक हुने छ ।

तुला
आम्दानीमा थोरै बृद्धि हुने छ । शेयर क्षेत्रबाट पनि लाभ मिल्ने छ । परिवारमा द्वन्द चर्किने छ । बोलीको प्रभाव पनि घट्न पुग्ने भएकाले संयमित भएर मात्र बोल्ने गर्नु होला । मनमा दुविधाले असाध्यै सताउने छ । उदासिनता देखा पर्ने छ । दाम्पत्य जीवनमा सुखमय अवस्था आउने छ ।

वृश्चिक
पेशागत जीवन औसत रहने छ । शेयर क्षेत्र पनि औसत रहने छ । आम्दानी सोच जस्तो हुने छैन् वा अपेक्षा गरेका क्षेत्रबाट आम्दानी प्राप्त हुने छैन् । साझेदारीमा गरिएका कामहरुमा चनाखो रहनु होला । दृढ खालको व्यक्तित्व हुँदा कसैले पनि हेप्न सक्ने छैनन् । रिस भने नियन्त्रण गर्ने प्रयास गर्नु होला । दाम्पत्य जीवनमा बिबाद र द्वन्दले गर्दा नैशाश्यता बढाउने छ ।

धनु 
पेशागत जीवनमा केही सकारात्मक वातावरण बन्ने छ । विशेषगरी बोलेर खाने पेशा, पत्रकारिता, लेखक, स्टेसनरी, छालाजन्य कारोवार, आदीमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र जोखिपूर्ण रहने छ । मेहनत गरेर गरेर कमाएको कमाई अनुत्पादक क्षेत्रमा खेर जाने जोखिम देखिन्छ । मनमा दोहोरो विचार निरन्तर आइ रहँदा निर्णय लिन नसक्ने व्यक्तित्व देखा पर्ने छ । 

मकर 
पेशागत जीवनमा द्वन्द्वात्मक अवस्था आउँदा अनावश्यक विषयमा पनि बादबिबादको क्रम आउने छ । शेयर बजार औसत खालको रहने छ । साझेदारीमा गरिएका काममा मनमुटावको अवस्था आउने छ । संयमित रही अघि बढ्नु पर्ने समय सक्रिय रहेको छ । सुख सुविधाका साधन तथा वातावरण त्याग्नु पर्ने वा बेच्नु पर्ने जस्तो अवस्था आउने छ । 

कुम्भ 
आम्दानीमा बृद्धि हुने छ । शेयर क्षेत्रमा भने धेरै उत्साही हुने बेला छैन् । परिवारमा किचलो र बादबिबाद देखा पर्ने छ । बोलीको प्रभाव बढेता पनि मृदुभाषीपनाले गर्दा कम बोल्न मन लाग्ने छ । निर्माण सामग्री, फलामजन्य कारोवार, हार्डवेयर, सार्वजनिक सवारीसाधन, ग्यारेज जस्ता पेशामा आवद्धहरुलाई सकारात्मक नतिजा आउने छ । 

मीन
पेशागत जीवनमा सोचे जस्तो प्रगति हुने छैन् । शेयर क्षेत्र भने प्रतिफलदायक बन्ने छ । भाग्यले साथ नदिएकाले औसत अवस्थामा टिकि रहने प्रयास गर्नु नै उपयुक्त हुने छ । मनमा नकारात्मक विचारले सताउने छ । राजनीति, प्रशासन, बैंकिङ्ग क्षेत्र, व्यवस्थाकीय तह, वाणिज्य क्षेत्र आदीमा सहभागिहरुलाई फाइदा मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement