आज (जेठ ४)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल जेठ महिनाको ४ गते बिहीबार, ज्येष्ठ कृष्णपक्षको चतुर्दशी तिथि ।

मेष 
ज्ञान प्राप्ति तर्फ उर्जा प्राप्त हुने छ । आम्दानीमा पनि बृद्धि हुन पुग्ने छ । सेवा क्षेत्र तथा व्यावसायिक क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । साझेदारीमा गरिएका कामहरुमा भने कटुताको अवस्था उत्पन्न हुने छ । सुख, सुविधा, भोग विलास प्राप्तिका लागि मेहनत गर्ने स्वाभाव कायम रहने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

Advertisement

वृष
भविष्य प्रतिको चिन्ताले असाध्यै सताउने छ । बोली कमजोर बन्ने हुँदा अपजसको सामना गर्नु पर्ने छ । जसले गर्दा बन्न बन्न खोजेका कामहरु पनि उल्झन देखिने छ । सानो–सानो विषयलाई पनि धेरै संवेदनशिल ढंगबाट लिने बानीले गर्दा खुशीयाली क्षणमा पनि खुशी हुन नसक्ने अवस्था रहने छ । भाग्यको साथ नभएकाले जोखिम कम उठाउनु होला । शेयर बजार औसत रहने छ ।

मिथुन 
धैर्यता साथ पाइला चाल्नु होला । मनमा कहिले धेरै उत्साह त कहिले धेरै निराशाका क्रम आइरहने छ । यसले गर्दा व्यक्तित्वमा गिरावट देखिन जाने छ । पेशागत क्षेत्रमा उतारचढाव आउने छ । घर, घडेरी तथा सवारीसाधन बेच्नु पर्ने वा यससँग सम्बन्धित विषयमा उल्झन र झमेला आइपर्ने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् । 

कर्कट

दाम्पत्य जीवनमा कटुता देखिने छ । सवारीसाधनसँग सम्बन्धी विषयमा संवेदनशिल भएर अघि बढ्नु होला । शारीरिक कमजोरी देखिने छ । जसले गर्दा कमजोर मनोबल बन्ने छ । पेशागत क्षेत्रमा धेरै जोखिमपूर्ण कदमहरु चाल्नु भन्दा हाल उपलब्ध अवस्थालाई निरन्तरता दिन जोड दिनु होला । यात्रामा कठिनाईको सामना गर्नु पर्ने छ । शेयर बजार औसत रहने छ । 

सिंह
भाग्यको साथका कारण पेशागत जीवन स्थिर र उन्नति प्रदान खालको हुने छ । पेशाप्रतिको समर्पण र सक्रियतामा अद्भुत बृद्धि हुने छ । आम्दानीमा बृद्धि हुँदा मनमा दृढताको अवस्था आउने छ । बोली प्रभावकारी बन्ने हुँदा चालेका कदम पुरा हुन मद्धत मिल्ने छ । मनमा दुविधाका क्रम भने रही रहने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् । 

कन्या
पेशागत जीवन र व्यावसायिक जीवनमा चुनौतिहरुको सामना गर्नुपर्ने छ । शारीरिक स्वास्थ्यमा कठिनाई उत्पन्न हुने छ । भाग्यको साथ कमजोर रहेकाले यस बेला धेरै जोखिमपूर्ण कदमहरु नचाल्नु उपयुक्त देखिन्छ । मनोबलमा गिरावट देखा पर्ने छ । अध्ययन अध्यापनमा कठिनाई आउने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

तुला
गीत संगीतका क्षेत्र तर्फ रुचि बढ्ने छ । आम्दानीमा बढोत्तरी हुने छ । चलाख प्रकृतिको स्वाभावमा बृद्धि हुने भएकाले आफुलाई फाइदा हुने विषयमा निर्णय लिन सहज हुने छ । पेशागत जीवनमा स्थिरता हुने छ । बोलीमा भने कटुता देखा पर्ने भएकाले बादबिबादको अवस्था निम्तिन सक्ने चुनौति रहेको छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

वृश्चिक
स्वास्थ्यमा समस्या देखिने छ । शारीरिक र मानसिक थकान धेरै हुने छ । समय जोखिमपूर्ण कदमहरु चाल्नु भन्दा प्राप्त उपलब्धि र वातावरणलाई जोगाउने तर्फ केन्द्रीत रहँदा उपयुक्त हुने देखिन्छ । पेशागत र व्यावसायिक क्षेत्रबाट आम्दानीमा हल्का बृद्धि हुने भए पनि पेशागत क्षेत्रमा अस्थिरका क्रम देखा पर्ने छ । शेयर बजारबाट फाइदा हुने छैन् । 

धनु 
आम्दानीमा बृद्धि हुने छ । घर जग्गा जोड्न ठोस निर्णय हुन जाने छ । पैतृक सम्पत्तिबाट फाइदा मिल्ने छ । बौद्धिक व्यक्तित्व कायम हुने हुँदा अरुको प्रभाव तपाईप्रति केन्द्रीत रहने छ । प्रतिष्पर्धात्मक क्षमतामा भने बढोत्तरी हुन सक्ने छैन् । पेशागत र व्यावसायिक जीवन औसत अवस्था रहने छ । यात्रामा सफलता मिल्ने छ । परिवारमा शान्तिपूर्ण वातावरण अवस्था रहने छ । शेयर बजार सकारात्मक बन्ने छ ।

मकर 
अध्ययन अध्यापनमा मन जाने छ । बौद्धिकस्तरको व्यक्तित्व बन्ने छ । अरुको मन जित्न सकिने समय रहेको छ । पेशागत जीवनमा नयाँ आयाम देखिने छ । बोली प्रभावकारी हुने हुँदा ठुलाबडाको विश्वास आर्जन गर्न सकिने छ । आम्दानीमा बृद्धि हुने छ । शारीरिक थाकानले सताउने छ । शेयर क्षेत्र अनुकुल हुने छैन् । 

कुम्भ 
सेवा तथा व्यावसायमा संलग्नहरुलाई समय अनुकुल रहेको देखिन्छ । पेशागत जीवनमा स्थिरता प्राप्त हुने छ भने आम्दानीमा पनि बृद्धि रहने छ । बोलीको प्रभाव बढ्ने छ । परिवारका सदस्यहरु बीच भने द्वन्दको वातावरण देखिने छ । व्यक्तित्वमा चतुर र आत्माबलले भरिएको उर्जा प्राप्त हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

मीन
रिस धेरै हुने छ । संयमित रही पाइला चाल्नु होला । पेशागत जीवनमा स्थिरता कायम रहने छ । तर आम्दानीमा भने गिरावट देखिने छ । भोजभतेरमा सहभागि हुने अवसर प्राप्त हुने छ । घमण्डि स्वाभाव देखिने भएकाले रिस नियन्त्रणमा प्रयास गर्नु होला । शेयर कारोवारबाट हल्का लाभ मिल्ने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement