मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरमा ४५ प्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको अरोगिन हेल्थ केयरमा विशेष छुट दिने सम्झौता भएको छ ।   

बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा स्थित अरोगिन हेल्थ केयर प्रालिसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । 

Advertisement

सम्झौतापछि ग्राहकहरुले अरोगिन हेल्थ केयरका विभिन्न सेवा सुविधाहरुमा विशेष ४५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरुमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाहसँगै अन्य विभिन्न सुविधाहरु रहेको छ । 

 

Advertisement

Advertisement