वाणिज्य बैंकहरुमा १२ अर्बले निक्षेप बढ्दा २ अर्बले घट्यो कर्जा लगानी

Advertisement

काठमाडौं । २१ वाणिज्य बैंकहरुमा जेठ महिनाको पहिलो साता १२ अर्ब निक्षेप बढ्दा कर्जा लगानी भने २ अर्ब घटेको छ । 

नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार २०८० बैशाख महिना मसान्तसम्म ४८ खर्ब ४० अर्ब रहेको निक्षेप बढेर जेठ महिनाको पहिलो साता अर्थात जेठ ५ गतेसम्म बढेर ४८ खर्ब ५२ अर्ब पुगेको छ । 

Advertisement

त्यसैगरी बैशाख ३१ गतेसम्म कर्जा लगानी ४२ खर्ब ९९ अर्ब रहेकोमा घटेर ४२ खर्ब ९७ अर्बमा झरेको छ । 

गत आर्थिक वर्ष २०७८/७९ को अन्तिम महिना असार मसान्तसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ४१ अर्ब निक्षेप र ४१ खर्ब ७५ अर्ब कर्जा लगानी रहेको थियो । यसरी हेर्दा चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्म निक्षेप संकलन ३ खर्ब ११ अर्ब बढेको छ भने कर्जा लगानी १ खर्ब २२ अर्ब बढेको छ । 

बैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको यस्तो छ निक्षेप र कर्जा लगानीको अवस्थाः 

 

Advertisement

Advertisement