इन्डियन प्रिमियर लिग हेर्न गल्फ लुब्रिकेन्टका ग्राहकहरु दिल्ली र लखनउ यात्रामा

Advertisement

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले निकै ‘इन्डियन प्रिमियर लिग (आईपीएल )’ का खेल हेर्न  आफ्ना ग्राहकहरुलाई दिल्ली र लखनउ लगेकोे छ ।  

गल्फ लुब्रिकेन्ट, निकै चर्चित आइपील टिम चेन्नई सुपर किंग्सको स्पोन्सर रहेको छ ।  महेन्द्र सिंह धोनी कप्तान रहेको सो टिम आइपीलकै सबै भन्दा उत्कृष्ट र सफल टिम मानिन्छ ।  

Advertisement

आइपीएलका दुई खेल लखनऊमा सम्पन्न  चेन्नई सुपर किंग्स बिरुद्ध लखनऊ सुपर जायंट्स र दिल्लीमा सम्पन्न चेन्नई सुपर किंग्स बिरुद्ध दिल्ली क्यापिटलको खेलमा ग्राहक र सरोकारवालाहरु गरी २१ जनाले स्टेडियममै पुगी खेल हेर्न मौका पाए । 

कम्पनीका अनुसार फेसबुक कन्टेस्ट मार्फत १२ जना  ग्राहकहरुको छनोट गरिएको थियो भने बाँकी ९ जान गल्फका कर्पोरेट ग्राहकहरु थिए । 

कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराई का अनुसार, ‘इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट जगतको सबै भन्दा ठूलो प्रतियोगिता हो।  यो खेलहरु स्टेडियममै बसेर हेर्नेको अनुभव अतुलनीय छ ।  निकै चर्चित आइपीएल टिम चेन्नई सुपर किंग्सका स्पोन्सर गल्फ लुब्रिकेन्ट भएकोले हामीले आफ्नो ग्राहक र सरोकारवालाहरुलाई यो अनुभव प्रधान गर्न सकेका हांै । सम्भवत यो नेपालीमै पहिले पटक हो ।   यसले हाम्रा ग्राहक र सरोकारवालाहरुलाई गल्फ लुब्रिकेन्टप्रति अझै उत्साहित बनाएको बिश्वास हामीले पाएका छौं ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो ।  यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।
 

Advertisement

Advertisement