‘भ्याकेन्सी’ खुलेको छैन, गलत सूचना प्रवाह भएकोमा  टेलिकमको ध्यानाकर्षण

Advertisement

काठमाडौं । नेपाल टेलिकमले आफ्ना विभिन्न शाखाहरुका लागि भ्याकेन्सी खुलेको भन्ने गलत सूचना प्रवाह भएकोमा आपत्ति जनाएको छ । टेलिकमले  आफ्ना विभिन्न पदाधिकारीहरुको समेत नाम जोडी फेसबुक, म्यासेन्जर, ह्वाट्सएप जस्ता समाजिक संजालमा भ्रम फैल्याईएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको हो । 

कर्मचारी आवश्यकता सम्बन्धी सूचना राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको आफ्नै वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक हुने भएकाले ग्राहकहरुलाई उक्त भ्रममा नपर्न समेत टेलिकमले आग्रह गरेको छ । आफ्ना आधिकारिक सूचनामा मात्रै भर पर्नु भन्दै ध्यानाकर्षण भएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

Advertisement

Advertisement