युनिक नेपाल लघुवित्तको एफपीओ आजदेखि निष्काशन खुला

Advertisement

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आज जेठ ११ गतेदेखि १६ गतेसम्म फर्दर पब्लिक अफरिङ (एफपीओ) बिक्री खुल्ला भएको छ । 

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपियाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता एफपीओ निष्काशन गरेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ । 

Advertisement

साविकको युनिक नेपाल र घोडीघोडा लघुवित्त मर्ज भएपछि संस्थागत र सर्वसाधारणको शेयर संरचना मिलाउन कम्पनीले एफपीओ निष्काशन गरेको जनाएको छ । 

कम्पनीमा संस्थापक र सर्वसाधारण शेयर हिस्सा ९४.०१ प्रतिशत र  ५.९९ प्रतिशत 

कम्पनीको हाल कायम चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५ सय रुपियाँ छ । एफपीओ बिक्री पछि चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपियाँ पुग्नेछ । संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७०ः३० हुनेछ । 

Advertisement

Advertisement