काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ ।