औषधि लिमिटेडको महाप्रबन्धकका लागि फेरी खुल्यो विज्ञापन, २१ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं। नेपाल औषधि लिमिटेडको महाप्रबन्धक छनोटको प्रकृया पुन: अघि बढेको छ। उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले महाप्रबन्धक नियुक्तिको प्रकृया अघि बढाएको हो ।

मन्त्रालयले बिहिबार २१ दिनको म्याद राखेर आवेदन माग गरेको  छ। आवेदन दिन इच्छुक व्यक्तिको ३५ वर्ष उमेर पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

Advertisement

यस्तै मान्याता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य, फार्मेसी, प्रशासन व्यावस्थापन,  अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन संकायमा स्नातकोत्तर तह उतिर्ण गरेको हुनुपर्नेछ। यस्तै व्यावस्थापकिय जिम्मेवारीमा पाँच वर्ष कार्य अनुभव भएको हुनुपर्ने छ।

छनोट समितिले व्यावसायिक कार्ययोजना, अन्तर्वार्ताबाट प्राप्त अंकको आधारमा उत्कृष्ट तीन जनालाई उद्योग सचिवकहाँ पेश गर्नेछ। सचिवले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गर्नेछ । मन्त्रिपरिषदको निर्णयबाट एक जनालाई महाप्रबन्धकको जिम्मेवारी दिनेछ ।

Advertisement

यसअघि पनि मन्त्रालयले महाप्रबन्धकको विज्ञापन खुलाएको थियो । अदालतमा मुद्दा परेसँगै छनोट प्रकृया रोकिएको थियो ।  

Advertisement