सगरमाथा २८औं पटक चढेर आफ्नै रेकर्ड तोडेका कामिरितालाई विमानस्थलमा भव्य स्वागत

Advertisement

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा २८औं पटक आरोहण गरेर आफ्नो विश्व रेकर्ड तोडेका कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । शेर्पाको स्वागतमा सरकारी प्रतिनिधिदेखि हिमाल आरोही, पर्यटन व्यवसायी र उनका शुभचिन्तक एवं परिवारजनसम्म सहभागी थिए । 

उनी सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर बिहीबार (आज) फर्किएका हुन् । उनले यही गएको जेठ ३ गते २८औं पटक सगरमाथा चढेर आफ्नो रेकर्ड आफै तोकेका थिए । 

Advertisement

खुम्बु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चो ओयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, एक पटक केटु गरी ३९ पटक विश्वका अग्ला हिमालहरुको आरोहण गरिसकेका छन् । 

यसअघि उनले तीन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरिसकेका छन् । शेर्पाले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए । साथै २०१९ मा ६ दिनमा २ पटक, २०२१ र २०२२ मा क्याम्प–२ देखि सगरमाथाको चुचुरो सम्म डोरी टाँग्न नेतृत्व गरेका थिए । उनले सेभेन समिट ट्रेक्सको टिमलाई नेतृत्व गर्दै सगरमाथाको ओरोहण गरेका हुन् ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका शेर्पाको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत पनि रहेको छ ।

Advertisement

Advertisement