कर्पाेरेट राशिफलः आज (जेठ १२)को तपाईंको अर्थ–व्यवसायिक पक्ष कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल जेठ महिनाको १२ गते शुक्रबार, ज्येष्ठ शुक्लपक्षको सप्तमी तिथि ।

मेष 
बाठो खालको व्यक्तित्व हुने छ । मनमा बृढता आउने छ । भाग्य बलियो भएकाले आँटेका कुराहरु पुरा हुने छन् । तर आम्दानीमा भने गिरावट आउँदा यसले परिवारमा तनाव उत्पन्न गराइ दिने छ । परदेशमा रहेकाहरुको हकमा समय प्रतिकुल रहने छ । 

Advertisement

वृष
भाग्यको साथ नभएको चालेका कदमहरु कम मात्र सफल हुने छन् । मनमा निराशाले घेर्ने छ । पेशागत जीवनमा अनुमान नगरिएका समस्याहरुले अड्चन ल्याउने छ । परिवारको साथले गर्दा कठिनाईका क्षणहरुमा सँहालिन मद्धत मिल्ने छ । कार्यालयमा आफ्ना बोसहरुसँग ट्युनिङ्ग नमिल्ने भएकाले सचेत रहनु होला । 

मिथुन 
आँटेका कामहरु पुरा हुने छन् । पेशागत जीवनमा सुधार आउछ । आम्दानीमा पनि बृद्धि हुने छ भने अध्ययन अध्यापनमा उन्नति प्रगति हुने छ । शुभ समाचार सुन्न पाइने छ । मनमा सुख सन्तोषको आभाष हुने तथा भविष्यप्रति उर्जा आउने छ । शारीरिक स्वास्थ्य अवस्थाका बारेमा भने सचेत रहनु होला । 

कर्कट
मानसिक र शारीरिक रुपमा थकित व्यक्तित्व बन्ने छ । पेशागत जीवन अस्थिर बन्न जाने छ भने द्वन्दात्मक वातावरणबाट गुज्रनु पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि अन्योलता उत्पन्न हुने छ । परिवारको भने साथ पाइने छ । 

सिंह
भाग्य बलियो रहेको छ । पेशागत जीवनमा अनुकुलता आउने छ । बाठो खालको व्यक्तित्व बन्दा अरुले हेप्न सक्ने छैनन् । परिवारमा मिलनको वातावरण बन्ने छ । आम्दानीमा केही बृद्धि देखा पर्ने छ भने आँटेका कामहरु पुरा हुने छन् । 

कन्या
मेहनत गरे बमोजिम प्रतिफल नआउँदा निराशाका क्रम बढ्न जाने छ । भाग्यको साथ नभएकाले आँटेका कामहरु अलपत्र पर्ने छन् । पेशागत जीवन भने शुभ नै रहने छ । विशेषगरी सेवा क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल देखिन्छ । विगतका विचारले मनमा एकोहोरो पश्चातापको वातावरण बनाई राख्ने छ । 

तुला
पेशागत जीवन औसत रहने छ । उदासिनताबाट गुज्रनु पर्ने छ । कमाई सोचे जस्तो नहुँदा पारीवारिक खर्चका विषयमा श्रीमान श्रीमतीबीच बुझाईको अन्तर पर्ने छ । दाजुभाइका बीच द्वन्द चर्किने छ भने छोटो–छोटो यात्रा गर्नु पर्ने छ ।

वृश्चिक
परिवारमा ससानो विषयमा पनि किचलो देखा पर्दा तनावको अवस्था आउने छ । मनमा उत्साहको कमि हुँदा यसले सामाजिक जीवनमा प्रभावित पार्ने छ । भित्रि रुपमा दृढ खालको व्यक्तित्व हुने हुँदा कठिनाईसँग जुध्नका लागि तागत भने प्राप्त हुने छ । पेशागत जीवन भने औसत रहने छ । 

धनु
मनोबलमा गिरावट आउने छ । यस अघि आफैले गरेका कुरा प्रतिको विश्वासमा पनि कमि आउने छ । बौद्धिक क्षेत्रका विषयहरुमा मन केन्द्रीत नभई हल्का फुल्का विषयमा अल्झिने छ । मन भारी हुने र विरही विचार मनमा आउने छ । बोलीमा रुखोपन आउने भएकाले यस विषयमा सतर्क रहनु नै वेस हुने छ । 

मकर 
असाध्यै धेरै कडा हुने छ । कसैसँग पनि नदब्ने स्वाभाव हुँदा हुँदै पनि आवश्यक स्थानमा लचक स्वाभावमा कमि आउँदा अरुले घमण्डि भन्ने छन् । रिस धेरै हुने हुँदा झगडाको सामना गर्नुपर्ने छ । दाम्पत्य जीवनमा पनि रडाको मच्चिने छ । पेशागत जीवन अस्थिर बन्न जाने भएकाले संयमित भएर पाइला चाल्नु पर्ने समय रहेको छ । 

कुम्भ 
आम्दानीमा सुधार आउने छ । पेशागत जीवनमा कामको कदर हुने छ । भाग्यको साथ बृद्धि भएकाले धेरै आत्तिनु पर्ने समय देखिँदैन् । बौद्धिक पेशामा आवद्धहरुको हकमा बौद्धिक स्तरमा क्षय हुने छ । चाहिने ठाउँमा आवश्यक बुद्धि नआउँदा आफैले गरेका निर्णयप्रति पछि असन्तुष्टि मनमा आउने छ ।

मीन
पेशागत जीवनमा प्रगति हुने छ । कमाईमा पनि केही बृद्धि नै हुन जाने छ । तर मनमा आउने अन्योलताले निर्णय क्षमतामा गिरावट ल्याई दिने छ । परिवारमा द्वन्दका क्रम देखिने छ । सामाजिक परिस्थिति भने अनुकुल नै रहँदा रहँदै पनि शारीरिक र मानसिक रुपमा दुर्वलता देखा पर्ने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement