निमा शेर्पाद्धारा एक सातामै आठ हजार मिटर अग्ला तीन वटा हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । सत्ताइस वर्षीय माउन्टेन गाइड निमा शेर्पाले एक सातामै विश्वको सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला तीन वटा हिमालको सफल आरोहण गरेका छन् ।

संखुवासभाको मकालु–४ का उनले सगरमाथा, विश्वको चौथो अग्लो हिमाल ल्होत्से र विश्वको पाँचौं अग्लो हिमाल मकालुको एक सातामै आरोहण गरेको सतोरी एडभेन्चर प्रालिका प्रबन्ध निर्देशक ऋषि भण्डारीले जानकारी दिए ।

Advertisement

माउन्टेन गाइड निमाले मे १७ तारिखका दिन बिहान ६ बजेर १५ मिनेटमा सगरमाथाको आरोहण गरेको, मे १८ मा ल्होत्से र मे २३ मा बिहान ७ बजे मकालु हिमालको सफल आरोहण गरेका हुन् । 

भण्डारीका अनुसार निमा शेर्पाले सगरमाथाको यस वसन्त ऋतृमा गरी आठौं पटक सफल आरोहण गरेका हुन् । उनले केटु, मनास्लु, हिमलुङ र अमा दब्लम लगायतको हिमालको आरोहण गिरसकेका छन् । 

Advertisement

Advertisement