बजेटको पूर्वसन्ध्यामा घट्यो नेप्से, कारोबार रकम भने उत्साहजनक

Advertisement

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक हुन लागेको पूर्वसन्ध्यामा शेयर बजार दोहोरो अंकले घटेको छ । भोलि सोमबार आगामी आवको बजेट सार्वजनिक हुँदैछ । 

लगातार ७ दिन बढेको शेयर बजार आज भने ओरालो झरेको हो । १४० अंक माथि चढेको बजारमा आज भने करेक्शन देखिएको हो । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.३८ अंकले घटेको हो । ०.८९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९४१.७४ अंकमा ओर्लिएको छ । 

आज नेप्से घटे पनि कारोबार रकम भने उत्साहजनक नै छ । आज २६३ कम्पनीका ४१ लख ८० हजार २ सय २९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ६५ लाख ४१ ह्जार १९.४० रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार समग्रमा घटे पनि आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने हिमालय उर्जाका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.४० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड ७९ लाख ९४ हजार ९ सय ३.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।              
             
 

Advertisement

Advertisement